रसुवा । नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई दोब्बरभन्दा बढी मतान्तरले हराउँदै रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् ।
आचार्यले १८ हजार २३५ मत ल्याउँदा एमालेका तामाङले ८ हजार ६१४ मत ल्याएका छन् । आचार्यले तामाङलाई ९ हजार ६२१ मतले पराजित गर्न सफल भएका छन् ।
अन्य दल मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद देवकोटाले ७५ मत प्राप्त गरेका छन् ।