काठमाडौं । भोजपुरमा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेवार नेकपा माओवादी केन्द्रका सुदन किरातीले अग्रता कायम राखेका छन् ।
पछिल्लो प्राप्त मतपरिणामअनुसार किरातीले ३ हजार ६४६ मत ल्याउँदा उनका निकटतम प्रद्धिन्द्धी नेकपा एमालेका शेरधन राईले २ हजार ९४९ मत ल्याएका छन् ।
यस्तै, नेपालका लागि नेपाली पार्टीका उम्मेदवार डा. सुरेश बस्नेत १११ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका जितेन्द्र घलेले ९०, जनता समाजवादी पार्टी, नेपालका ध्रुव छाङछा दुमिहाङ राईले ७७, राष्ट्रिय स्वतन्त्र पार्टीका सनमछिरिङ शेर्पाले १४, हाम्रो नेपाली पार्टीका रमेशप्रसाद ओझाले ५, स्वतन्त्र उम्मेदवार दिलिपकुमार खतिवडाले ३ मत पाएका छन् ।