ताप्लेजुङ । ताप्लेजुङमा मतपत्र संकलनमा ढिलाइ भएपछि आजदेखि सुरु भएको मतगणनामा सत्तारुढ गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री अघि रहेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई पछि छन् ।
जारी मतगणनाका क्रममा बुढाक्षेत्रीले १७८० मत प्राप्त गरेका छन् भने भट्टराईले १२७० मत प्राप्त गरेका छन् ।