स्याङ्जा । स्याङ्जा क्षेत्र नं.२ मा नेकपा एमालेले मतगणना धाँधली भएको भन्दै मतगणना गर्न नदिएपछि नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको समूह मतगना तत्काल सुचारु गर्नुपर्ने माग राख्दै धर्नामा बसेको छ ।
कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङ मतगणना तत्काल सुरु गर्न माग गर्दै मंगलबार वालिङको निर्वाचन अधिकृतको कार्यालयअघि धर्ना बसेका हुन् ।
मतगणना तत्काल सुरु नगरे थप आन्दोलन गर्ने पनि घोषणा गरिएको छ । उक्त क्षेत्रका विभिन्न स्थानका मतदान केन्द्र कब्जा भएको भन्दै एमालेले निर्वाचन आयोगमा निवेदन दिएपछि मतगणना बन्द रहेको छ ।