काठमाडौं । काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।
निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गर्दै श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे ।
सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मतमै सीमित रहिन् ।