विश्वकप फुटबल : आज आठ टिमको भिडन्त, पहिलो खेल अर्जेन्टिना भर्सेस साउदी अरब
  • मूलधार

काठमाडौं । कतारमा हाल फिफा विश्वकप २०२२ जारी छ । मंसिर ४ मा उद्घाटन भएपछि हालसम्म चार खेल भइसकेका छन् ।

खेलको तेस्रो दिन आज चार खेल हुँदैछन्। पहिलो खेलमा समूह ‘सी’ का अर्जेन्टिना र साउदी अरेबियाबीच भिडन्त हुँदैछ। नेपाली समयअनुसार यो खेल दिउँसो ३ : ४५ बजे सुरु हुनेछ।

अर्जेन्टिना र साउदी अरबपछि समूह ‘डी’ बाट डेनमार्क र ट्युनिसियाले नेपाली समयअनुसार साँझ ६ः४५ बजे भिड्ने समयतालिका रहेको छ ।

समूह ‘सी’ कै अर्को खेल नेपाली समयअनुसार ९ : ४५ देखि सुरु हुनेछ । यस खेलमा मेक्सिको र पोल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

त्यसपछि समूह ‘डि’ बाट फ्रान्स र अष्ट्रेलिया नेपाली समयअनुसार राति १२ः४५ भिड्दैछन् ।

आजका खेल 
अर्जेन्टिना भर्सेस साउदी अरेबिया : दिउँस ३:४५ बजे
डेनमार्क भर्सेस ट्युनिसिया : साँझ ६:४५ बजे
मेक्सिको भर्सेस पोल्यान्ड : राति ९:४५ बजे
फ्रान्स भर्सेस अस्ट्रेलिया : राति १२:४५ बजे

  • November 22, 2022 प्रकाशित
  • सम्बन्धित