काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन्।
आफ्ना निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२९ मतले हराउँदै सिंह प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
कांग्रेस उम्मेदवार सिंहले ७१४० मत प्राप्त गर्दा मिश्रले ७०११ मत प्राप्त गरेका छन्।
२०७४ को निर्वाचनमा पनि सिंहले मिश्रलाई पराजित गरेका थिए । त्यतिबेला सिंहले मिश्रलाई ८१९ मतले हराएका थिए।