लमजुङ । मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई ३ सय २८ मतान्तरले हराउँदै गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
गुरुङले २ हजार ५ सय ७५ मत ल्याउँदा एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएका थिए ।
प्रदेश सभा ‘क’ तर्फ नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसकेका छन् भने प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवार राजिव गुरुङ ९दिपक मनाङे० निर्विरोध निर्वाचित भइसकेका छन् ।