प्रचण्ड उम्मेदवार रहेको गोरखा–२ को मतगणना सुरु
  • मूलधार

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको गोरखा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना ढिला गरी सुरू भएको छ । सोमबार साँझ सर्वदलीय बैठक बसेर मतगणना सुरू गरिएको हो ।

गोरखाको दलभञ्जाङस्थित भूतथा जलाधार व्यवस्थापन कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको छ ।

पहिलो चरणको मतगणनामा ६ वटा मतपेटिका खोलिएको छ । अहिले सुरुमा बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिकाका केही वडाहरुको प्रतिनिधि सभातर्फको मतपेटिका खोलेर मतगणना सुरू गरिएको छ ।

गोरखा क्षेत्र–२ मा ५३ हजार ९७८ मत खसेको छ । उक्त क्षेत्रमा माओवादी अध्यक्ष प्रचण्ड र एमालेका उम्मेदवार अब्दुस मियाँबीच कडा प्रतिस्पर्धा हुनेछ ।

  • November 21, 2022 प्रकाशित
  • सम्बन्धित