कोच प्रविशाले विश्व र विषमलाई छाडेर साहिल किन छानिन् ? यस्तो छ कारण
  • मूलधार

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन–४’ कि एक्ली महिला कोच प्रविशा अधिकारीले साहिल लिम्बूमा मौलिक स्वरसँगै अनुशासनले आफूलाई आकर्षित गरेको बताएकी छन् ।

शनिबार ‘नकआउट’ चरणको अन्तिम तीन प्रस्तुती (विश्व शान्तबहादुर राई, विषम आचार्य र साहिल लिम्बू) बाट साहिल लिम्बूलाई ‘लाइभ शो’ छनोट गरेपश्चात् कोच प्रविशाले आफूलाई साहिलको मौलिकपन र अनुशासनले आकर्षित गरेको बताएकी हुन् ।

उनले भनेकी छन्, ‘विश्व र विषमले पनि भनेजस्तै गीतलाई पूरा रुपमा निभाउनुभएको छ । तर, साहिलसँग चाहिँ मैले केही देखेको छु । र, उस्लाई अघि बढाउँदा केही हुन्छ भन्ने सोचेको छु । उसमा भएको मौलिकतालाई पनि अघि बढाएर माथि प्र्याउन सक्छु । साहिलसँग जुन खालको अनुशासन छ त्यसले पनि मलाई आकर्षित गरेको हो ।’

साहिलले पनि कोच प्रविशाको निर्णयले आफू एकदमै अचम्ममा परेको बताएका छन । उनले भनेका छन्, ‘एकदमै नसोचेको डिसिजन दिनुभयो । म त छक्कै परे डिसिजनल । प्रविशा म्यामले जुन विश्वास दिनुभयो त्यो तोड्न दिने छैन ।’

शनिबार साहिलले गायिका झूमा लिम्बूको गीत गाएका थिए । नहतारिकन आनन्द र हँसिलो भएर गाउँने साहिलको स्वर दुई प्रतिस्पर्धीलाई टक्कर दिने नै थियो । र, अन्ततः दुई कडा प्रतिस्पर्धीलाई पछि पार्दै उनी नै लाइभ शोमा प्रवेश गर्न सफल भए ।

  • November 20, 2022 प्रकाशित
  • सम्बन्धित