झापामा रूख र सूर्य चिन्ह नभएका मतपत्र भेटिएपछि मतदान स्थगित
  • मूलधार

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर १, मेचीनगर नगरपालिका वडा नम्बर १४ स्थित बालसुबोधनी माविको मतदानस्थलमा मतदान स्थगित भएको छ । रूख र सूर्य चिन्ह नभएका मतपत्र भेटिएपछि तत्काललाई मतदान रोकिएको हो।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार प्रतिनिधि सभाको मतपत्रको ठाउँमा प्रदेश सभाको मतपत्र राखिएपछि समस्या आएर मतदान रोकिएको हो ।

१० जनाले मतदान गरिसकेपछि मतपत्र साटिएको थाहा भएको र मतदान रोकिएको जानकारी दिइएको छ ।

  • November 20, 2022 प्रकाशित
  • सम्बन्धित