काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को ‘नकआउट’ चरणको प्रतिस्पर्धा समाप्त भएको छ । शनिबार कोच प्रविशा अधिकारीको अन्तिम ‘नकआउट’ चरणको प्रतिस्पर्धाबाट तीन प्रतिस्पर्धी छनोट भएसँगै ‘नकआउट’ चरणको प्रतिस्पर्धा समाप्त भएको हो ।
शनिबार कोच प्रविशाको नकआउट चरणमा ९ प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए । नकआउटबाट लाइभ शोमा क्रमशः वर्षा इटानी, प्रिजोल नेपाली र साहिल लिम्बू छनोट भए ।‘नकआउट’ चरणको प्रतिस्पर्धा सकिएसँगै आगामी शुक्रबारदेखि ‘लाइभ शो’ सुरु हुनेछ । ‘लाइभ शो’मा १२ जनाको भिडन्त हुनेछ।
यसअघिका नकआउट चरणबाट टिम राजेश, टिम प्रमोद र टिम राजुबाट ३/३ जना गरि ९ जना लाइभ शोमा प्रवेश गरिसकेका छन् । नकआउटबाट लाइभ शोमा प्रवेश गरेसँगै जजको अधिकार दर्शकमा पुगेको छ । ब्लाइण्ड, ब्याटल र नकआउट चरणबाट प्रतिस्पर्धीलाई छनोट गर्ने अधिकार जजको थियो तर, अब १२ प्रतिस्पर्धीमध्ये कस्लाई द भ्वाइस अफ नेपाल सिजन–४ को विजेता बनाउने त्यो सबै अधिकार दर्शकसमक्ष पुगेको छ ।
कस्को टिमबाट को को प्रवेश गरे लाइभ शोमा
टिम राजेश
टिम राजेशबाट नकआउट चरणबाट लाइभ शोमा सबिना योङहाङ, भुपेन्द्र रानापाल र पदम राई रहेका छन् ।
टिम प्रमोद
टिम प्रमोदबाट लाइभ शोमा आशिष महर, आशिष रायमाझी र योगेश मगर प्रवेश गरेका छन् ।
टिम राजु
टिम राजुबाट लाइभ शोमा करण राई, रिवास गुरुङ र रिहान गिरी प्रवेश गरेका छन् ।
टिम प्रविशा
वर्षा इटानी, प्रिजोल नेपाली र साहिल लिम्बू प्रवेश गरेका छन् ।
को बन्ला विजेता ?
यी १२ अनुहारमध्ये अब कस्ले जित्ला द भ्वाइस अफ नेपाल सिजन–४ ? त्यो भने दर्शकको हातमा रहेको छ । जजबाट सबै अधिकार दर्शकसामू पुगेसँगै अब दर्शकबाट कस्ले सबभन्दा बढी साथ, सहयोग पाउँछन् उनै विजेता बन्नेछ । लाइभ शो अघि जजले छनोट गर्दै लैजाने प्रक्रिया थियो तर, अब भोटिङ प्रणाली सुरु भएको छ ।