काठमाडौं । सिडमिङ्ग (सिद्धार्थ श्रेष्ठ र सुपर गुरु मिङ्ग्मा डी लेप्चा) को जोडी पहिलो सुपर डान्सर नेपालको विजेता बनेको छ ।
आज (शुक्रबार) सम्पन्न भएको फिनालेमा चार जोडी प्रतिस्पर्धीलाई पछि पार्दै सिडमिङ्गले पहिलो सुपर डान्सर नेपाल अर्थात् ‘डान्सको फ्युचर’ उपाधि उचाल्न सफल भएको हो ।
पहिलो सुपर डान्सर नेपालको उपाधि जितेसँगै यो जोडीले १५ लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन् । फिनालेमा पाँच जोडी पुग्न सफल भएका थिए । हरेक बिहीबार र शुक्रबार राति ९ बजे प्रसारण हुँदै आएको सुपर डान्सर नेपालको फिनालेमा पुग्न पाँच जोडीतर्फ सिडमिङ्ग (सिद्धार्थ श्रेष्ठ र सुपर गुरु मिङ्ग्मा डी लेप्चा), सानियुम (सानिया भट्टराई र सुपर गुरु युमी बलामी), विश्वाकर (विश्वाश थापा र सुपर गुरु कारण शाह), सुबीरब (सुविक्षा श्रेष्ठ र सुपर गुरु रविता मगर) र प्रसुपा (प्रसन्ना राई र सुपर गुरु उपासना शाक्य) रहेका थिए।
आज सुपर डान्सर नेपालको फिनाले, को बन्ला त पहिलो सुपर डान्सर नेपाल ?
कान्तिपुर एचडी टिभीबाट राति ८ बजे फिनालेको प्रत्यक्ष प्रसारण भएको थियो । डान्सरको डान्स प्रस्तुतीलाई जजले गरेको मुल्यांकन र दर्शकले दिएको भोटको आधारमा सुपर डान्सरको विजेता घोषणा गरिएको थियो । विजेता बन्ने जोडीको नामलाई ‘डान्सको फ्युचर‘ नाम दिइएको छ।