काठमाडौं । सबिना योङहाङ कोच राजेशपायलको टिमबाट ‘द भ्वाइस अफ नेपाल-४’ को नकआउट चरणबाट लाइभ चरणमा प्रवेश गरेकी छन् ।
शुक्रबार नकआउट चरणको प्रतिस्पर्धामा दुई प्रतिस्पर्धी मुस्कान राई र दिलेन आङबोलाई हराउँदै सबिना लाइभ चरणमा प्रवेश गरेकी हुन् ।
ब्लाइण्ड राउण्डबाटै स्टेजमा आगो बाल्दै आएकी सबिनाले नकआउट राउण्डमा ‘डाली डाली फूल फुल्यो’ बोलको गीत गाएकी थिइन् । पहिलो प्रस्तुतीका रुपमा गीत गाएका मुस्कानले एड्रिन प्रधानको ‘नमरी बाचे दैवले साँचे..’ बोलको गीत गाएका थिए भने दिलेनले क्रान्ति आलेको ‘सरकारी जागिर’ बोलको गीत गाएका थिए ।
शुक्रबार नकआउट चरणको तेस्रो दिन कोच राजेशपायलका नौँ प्रतिस्पर्धीहरुको प्रतिस्पर्धा भयो । पहिलो तीन प्रतिस्पर्धीबाट भुपेन्द्र रानापाल लाइभ चरणमा पुगे । आफ्ना दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनी लाइभ चरणमा पुग्न सफल भएका थिए ।
पहिलो प्रतिस्पर्धापछि दोस्रो प्रतिस्पर्धामा थिए– परेश राई, पदम राई र मोहन नेपालीको प्रतिस्पर्धा भयो । उक्त प्रतिस्पर्धाबाट पदम लाइभमा प्रवेश गर्न सफल भए ।
यो पनि :