आज सुपर डान्सर नेपालको फिनाले, को बन्ला त पहिलो सुपर डान्सर नेपाल ?
  • मूलधार

काठमाडौं । नेपाली फ्रेन्चाइज सुपर डान्सर नेपालको फिनाले आज (शुक्रबार) हुँदैछ । कान्तिपुर एचडी टिभीबाट राति ८ बजेदेखि फिनालेको प्रत्यक्ष प्रसारण हुँदैछ ।

फिनालेमा पाँच जोडी पुग्न सफल भएका छन् । हरेक बिहीबार र शुक्रबार राति ९ बजे प्रसारण हुँदै आएको सुपर डान्सर नेपालको फिनालेमा पुग्न पाँच जोडीतर्फ सिडमिङ्ग (सिद्धार्थ श्रेष्ठ र सुपर गुरु मिङ्ग्मा डी लेप्चा), सानियुम (सानिया भट्टराई र सुपर गुरु युमी बलामी), विश्वाकर (विश्वाश थापा र सुपर गुरु कारण शाह), सुबीरब (सुविक्षा श्रेष्ठ र सुपर गुरु रविता मगर) र प्रसुपा (प्रसन्ना राई र सुपर गुरु उपासना शाक्य) रहेका छन् ।

यीमध्ये एक जोडी आज पहिलो सुपर डान्सर नेपाल बन्दैछ । डान्सरको डान्स प्रस्तुतीलाई जजले गरेको मुल्यांकन र दर्शकले दिएको भोटको आधारमा सुपर डान्सरको विजेता घोषणा गरिँदैछ । विजेता बन्ने जोडीको नामलाई ‘डान्सको फ्युचर‘ नाम दिइएको छ।

काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल र नेपालगञ्जमा फिजिकल अडिसन गरिनुका साथै नेपाल बाहिरका नेपालीभाषी रहेका स्थानका प्रतिभालाई समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन समेत गरिएको थियो । अडिसन मार्फत चार देखि चौध बर्षसम्मका हजारौ बालबालिकाले सुपर डान्सर नेपालको मंचमा आफ्नो दमदार प्रस्तुति मार्फत विभिन्न नृत्यकला देखाएका थिए।

नृत्यकलाका कारण दर्शक माझ पनि यो शो र यसका सुपर डान्सर चर्चामा रहन सफल रहे भने उनीहरुको नृत्य कौशलता अनि नृत्य प्रतिको लगाब निकैनै बढ्दो देखियो। भारतको चर्चित मनोरञ्जनात्मक टिभी च्यानल सोनीमा पनि ‘सुपर डान्सर’ ले लोकप्रियताको आधारमा गरिने रेटिङ (टीआरपी) मा अग्रस्थानमा हात पारेको छ।

रियालमी प्रेजेंट्स सुपर डान्सर नेपालको जजमा अभिनेता भुवन केसी, नायिका जसिता गुरुङ र अनि कोरियोग्राफर सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा विल्सन विक्रम राई र कविता नेपाली रहेका छन् । कार्यक्रमको निर्देशकमा भूषण दाहाल रहेका छन् ।

  • November 18, 2022 प्रकाशित
  • सम्बन्धित