काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि हाम्रो नेपाली पार्टीबाट काठमाडाैं ९ का उम्मेदवार ईरस श्रेष्ठले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । आफ्नो पक्षमा माहोल तानिरहेका उम्मेदवार श्रेष्ठले मौन अवधि सुरू हुनु अघि बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा संयौको संख्यामा समर्थक भेला भएका थिए । युवा उद्यमी समेत रहेका श्रेष्ठले घोषणापत्र सार्वजनिक कार्यक्रममा १२ बुँदे संकल्प जारी गरेका छन् ।
घोषणापत्रको पहिलो नम्बरमा राष्ट्र निर्माण र नागरिकको हक, अधिकार निर्माण गर्ने, एक घर एक सरकारी जागिर कायम गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने, देशको कला, संस्कृति र सम्पदालाई विश्वमा चिनाउनेलगायत १२ बुँदे संकल्पहरु उम्मेदवारले श्रेष्ठले साँचेका छन् ।
मौन अवधि सुरु हुनै लाग्दा उम्मेदवारहरु चुनावी प्रचारलाई तीव्रता दिइरहेको अवस्थामा उम्मेदवार श्रेष्ठ पनि चुनाव चिन्ह लौरो लिएर जनतामाझ पुगिरहेका छन् । स्थानीय निर्वाचनमा लौरो चिन्हले दिइरहेको धक्का आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पुग्ने देखिन्छ ।
हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिह्न लिएर काठमाडौं ९ मा उम्मेदवार बनेका श्रेष्ठको उम्मेदवारीले ठूला दलका प्रभावशाली उम्मेदवारलाई नराम्रो धक्का पुगेको छ । त्यसो त उम्मेदवार श्रेष्ठ चुनावको समय छिपिदै जाँदा उत्तिकै लोकप्रियता पनि बटुलिरहेका छन् ।