पर्वतमा जीप दुर्घटना : जीप चालक डम्बरबहादुर दमैको मृत्यु, ७ घाइते
  • मूलधार

पर्वत । पर्वतमा जीप दुर्घटनामा हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार बेनीवाट मल्लाज माझफाँट जाँदै गरेको ग १ ज ५२९६ नम्बरको जीप जलजला गाउँपालिका २ मल्लाजमा दुर्घटना भएको हो ।

जीप दुर्घटना परी जीप चालक ३७ वर्षीय डम्बरबहादुर दमैको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । जीप दुर्घटनामा परि घाइते भएका ३ जनालाई थप उपचारका लागि पोखरा र अन्यलाई म्याग्दीको बेनी अस्पतालमा लगिएको छ ।

  • November 16, 2022 प्रकाशित
  • सम्बन्धित