पार्टी जेसुकै होस् भोजपुरमा सुदन किरातीलाई भोट हालिन्छ : दयाहाङ राई
  • मूलधार

काठमाडौं । अभिनेता दयाहाङ राईले पार्टी जेसुकै भए पनि यसपाली भोजपुरमा सुदन किरातीलाई भोट हाल्ने बताएका छन् ।

काठमाडौं–१ मा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका पुकार बम मण्डला पुगेका थिए । सोही भेटका क्रममा बमलाई आफू काठमाडौंबाट मतदाता नभएको र आफ्नो पूर्ण साथ, समर्थन रहेको बताउँदै भोजपुरमा यसपाली युवा नेता किरातीलाई भोट हाल्ने बताए ।

अभिनेता राईले भनेका छन्, ‘मैले पुकारलाई भोट दिन पाउँदिन । मैले भोट दिने भनेको भोजपुरमा हो । भोजपुरमा मैले युवा नेता छानेको छु । पार्टी जेसुकै होस् सुदन किरातीलाई भोट हालिन्छ ।’

अभिनेता राईसँगै साहित्यकार राजन मुकारुङ, अभिनेता विल्सन विक्रम राई, गायक राजेशपायल राईलगायतको टोलीले यसपाली भोजपुरमा सुदन किरातीलाई समर्थन गरेको छ । भोजपुरबाट वाम गठबन्धनका तर्फ नेकपा माओवादी केन्द्रबाट किराती र नेकपा एमालेबाट शेरधान राई चुनावी मैदानमा छन् ।

  • November 16, 2022 प्रकाशित
  • सम्बन्धित