‘सुपर डान्सर नेपाल’ को फाइनलमा पुगेकी प्रशन्नालाई भोट दिइ विजयी गराउन यायोक्खाको अपिल
  • मूलधार

काठमाडौं । ‘सुपर डान्सर नेपाल’ को फाइनलमा पुग्न सफल भएकी प्रशन्ना राईलाई अत्यधिक भोट दिइ विजयी गराउन किरात राई यायोक्खाले अपिल गरेको छ ।

हरेक बिहीबार र शुक्रबार राति ९ बजेदेखि कान्तिपुर टेलिभिजनमा प्रशारण हुने उक्त रियालिटी शोको फाइनलमा पुग्न सफल भएकी किराती चेली प्रशन्नालाई विश्वर छरिएर रहेका नेपालीले भोट गरेर विजयी गराउन यायोक्खाले अपिल गरेको छ ।

यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले अग्रिम विजयको शुभकामनासहित प्रशन्ना र उपसना शाक्यलाई खादा लगाएका छन् । प्रशन्नाकाे जाेडीलाई ओएसआर कनेक्ट एप डाउनलोड गरी भोट दिन सकिनेछ । सर्वप्रथम एप डाउनलोड गरी सुपर डान्सर नेपालमा भोट नाउ क्लिक गरेर प्रशन्ना र उपसनालाई भोट दिन सकिनेछ ।

यो रियालिटी शोको जजमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् । कार्यक्रम होस्टमा कविता नेपाली र विल्सन विक्रम राई रहेका छन् । कार्यक्रमको निर्देशकको भूमिकामा भूषण दाहाल रहेका छन् ।

भारतीय सर्वाधिक लोकप्रिय मनोरञ्जन टेलिभिजन च्यानल सोनीमा पनि ‘सुपर डान्सर’ ले टेलिभिजन लोकप्रियताको आधारमा गरिने रेटिङ (टीआरपी) अग्रस्थानमा छ ।

  • November 15, 2022 प्रकाशित
  • सम्बन्धित