काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ ।
सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता दिदै उम्मेदवारी कायम राख्न आदेश दिएको हो ।
उम्मेदवार दर्तापश्चात् निर्वाचन आयोगले लाभको पदमा बसेर उम्मेदवार बनेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयपछि तोसिमाले सर्वाेच्चमा मुद्धा दर्ता गराएकी थिइन् ।
सर्वाेच्चको आदेशसँगै आदेश खारेजीको माग गर्दै आयोगका सचिव गोकर्णमणि दवाडीले सर्वोच्चमा भ्याकेट दिएका थिए । तर, उक्त निर्णयमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश खतिवडा र श्रेष्ठको इजलासले तोसिमा लाभको पदमा रहेको मान्न नमिल्ने ठहर गरेको हो ।