काठमाडौं । नेपाल्स सिंगिङ सुपरस्टारको पहिलो सिजनको उपाधि खोटाङका गायक राजेश राईले जितेका छन् ।
ईमेज च्यानलमार्फत हरेक आइतबार र सोमबार साँझ प्रशारण हुँदै आएको सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टारको आइताबार सम्पन्न भएको फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै राईले उपाधि जितेका हुन् ।
उपाधि हात पारेसँगै राईले २० लाख नगद र म्युजिक नेपालसँग अडियो र भिडियो सम्झौतासहितका पुरस्कार प्रदान गरेका छन् । फिनालेको उपाधि राईले जित्दा नामगेल लामा फस्ट रनर अप र दीपक सापकोटा सेकेन्ड रनर अप हुन सफल भएका छन् ।
उपाधि जित्न सफल राई हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका हुन् । उनी विगत १३ वर्षदेखि सांगीतिक यात्रामा अघि बढिरहेका छन् । राईले हालसम्म करिब ५० वटा गीत रेर्कड गराइसकेका छन् ।