चितवनमा रवि लामिछानेको घरदैलोमा हिँडेको गाडी तोडफोड, कारबाही गर्न रविकाे माग
  • मूलधार

काठमाडौं । चितवनमा चुनावी घरदैलोका क्रममा गठबन्धनका कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीको गाडी तोडफोड गरेका छन् । आइतबार घरदैलो कार्यक्रममा चितवनको कुरिनटारबाट नारायणगढतर्फ अघि बढ्र्द गर्दा गाडीमा तोडफोड भएको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक पुरुष गाडीमाथि चढेर लात्तीले गाडीको सीसामा हानेको देखिन्छ । लात्तीले गाडीको सीसा फुटेको छ ।

गाडीमाथि तोडफोड भएपछि स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आक्रमणकारीको पहिचानसँगै कारबाही गर्नुपर्ने बताएका छन् ।

  • November 13, 2022 प्रकाशित
  • सम्बन्धित