नेपाली सेनाको टोली भूकम्पपीडितहरुको उद्दारमा तल्लीन (तस्वीरहरु)
  • मूलधार

काठमाडौं । नेपाली सेनाको टोली भूकम्पपीडितको उद्दार कार्यमा तल्लीन खटिएको छ । बुधबार बिहान करिब सवा दुई बजे खप्तड ईलाका केन्द्र बिन्दु भई आएको ६.६ रेक्टर स्केलको भूकम्पले धनजनको क्षति पुर्याएपछि सेनाको टोली उद्दारमा लागिपरेको हो ।

भूकम्पका कारण डोटी जिल्ला, पूर्वीचौकी गाउँपालिका वडा नं.३ स्थित गैरागाउँमा जनधनको क्षति भएको छ । अहिले हुँदा उक्त स्थानमा सेनाको टोलीले भूकम्पमा पर्नेहरुको खोजी तथा उद्दार गरिरहेको छ ।

जिल्लास्थित अन्य सुरक्षा निकाय तथा स्थानीयवासीहरुको सहयोगमा सेनाको टोलीले भूकम्पमा परी मृत्यु भएका ६ जनाको शव निकाल्नुका साथै घाईते भएका ७ जनालाई तत्काल उद्दार गरी जिल्ला अस्पताल डोटी पठाएको छ।

भूकम्पमा परी गम्भीर घाइते भएका २ जनालाई सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको छ । हाल सेनाको उद्दार टोलीले जिल्ला रेडक्रस सोसाईटी, डोटीसँग आवश्यक समन्वय गरी भूकम्पपीडितहरुका लागि आवश्यक खाद्यान्न, त्रिपाल, कम्बल, लत्ता कपडा, भाँडालगायतका राहत सामग्रीहरु वितरण गरिरहेको छ ।

 

  • November 9, 2022 प्रकाशित
  • सम्बन्धित