लोकसेवा पास गर्न के पढ्ने, कसरी पढ्ने ? यस्तो छ पूर्व मुख्यसचिव विमल कोइराला सल्लाह
  • मूलधार


Notice: Trying to get property 'post_excerpt' of non-object in /home/mul39dha/public_html/wp-content/themes/nabintech/single.php on line 35

स्तक छनौटमा ध्यान दिनुहोस
अहिले बजारमा धेरै लेखकहरुका पुस्तकलाई पाइन्छन् । तर सबै पुस्तकहरु उत्तिकै उत्कृष्ट हुदैनन् । यसकारण बजारमा आएका पुस्तक मध्ये सेवा प्रवेशलाई धारिलो पार्न सक्ने बौद्धिक लेखकका पुस्तकलाई तपाइको छनौटमा पर्नु पर्छ । यसका लागि अग्रजहरुको सल्लाह र साथिहरुसँगको अन्र्तक्रिया प्रभावकारी हुन सक्छ ।

विषयगत विज्ञले लेखेका पुस्तकहरुमा विषयको गहीराई सम्म पुग्न सकिन्छ । यस्ता पुस्तकले तपाईको समालोचनात्मक क्षमताको विकासमा विशेष सहयोग गर्दछन् । धेरै पुस्तकहरु पढ्नु राम्रो भएपनि परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुले समयको पावदीमा रहने हुनाले सबै पुस्तक भन्दापनि विषयगत सन्दर्भका पुस्तकमा बढी ध्यान दिन जरुरी छ ।

उत्तर लेख्दा नवहकिनुहोस
धेरै परीक्षार्थीहरुले प्रश्नको उत्तर लेख्दा प्रश्नलाई राम्ररी नबुझिकनै लेख्ने बानी हुन्छ । झट्ट हेर्दा प्रश्न सोझो र सिधा देखिएपनि प्रश्न भित्रका बहु प्रश्न र विभिन्न संकेतहरुले अर्कै उत्तरको अपेक्ष गरीरहेका हुन सक्छन् । यसकारण उत्तर लेख्दा प्रश्न दोहोर्याएर पढ्नुहोस । प्रश्नले मागेको उत्तर मात्रै लेख्नुहोस । उत्तर लेख्दा उल्टो पिरामिड शैलीको अवलम्बन गर्नुहोस । प्रश्नमा मात्रै सीमीत रहनुहोस । नवहकिनुहोस, तपाईको सफलताले तपाईलाई पछ्याइरहनेछ । लेखक प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका वरिष्ठ सहसचिव हुन् ।

तयारी कसरी गर्ने त?
प्रतिस्पर्धात्मक परीक्षा भनेको सूचना संकलन, विषयवस्तुको ज्ञान, त्यसको संग्रह मात्र हैन । त्यस भन्दा पर गएर त्यसमा मुख्यतया तीनवटा शीपहरूको मिश्रण हुनु अत्यावश्यक छः विषयवस्तुको ठोस ज्ञान, अत्यन्त निखार सीप र सकारात्मक दृष्टिकोण । तोकिएको पाठ्यक्रमका विषयवस्तुहरूको ज्ञान अनिवार्य र मुल तत्व हो । यसमा निपुर्णता हुनु अत्यावश्यक छ । तर माथी उल्लेख गरिसकिएको छ कि ज्ञानको सीमा हुदैन । कुनै पनि विषयमा ज्ञान प्राप्त गर्न हामीसँग उपलब्ध समय पूर्ण नहुन सक्दछ तर परीक्षामा त्यो असिमित ज्ञानले मात्र सफलता हात नपर्न सक्दछ । तसर्थ, सम्वन्धित विषयमा ठोस, चुरो ज्ञान हासिल गरिनु आवश्यक छ । पातपतिङ्गर भेला पारेर डोको भर्नुभन्दा आवश्यक परिमाणमा वन्सो मात्र लिएर थुन्से भर्नु ठीक । वरू वाँकी समयलाई हामीले हाम्रो सीप निखार्न खर्चिनु पर्दछ । सीप प्रस्तुत गरिरहँदा तेश्रो र अतिमहत्वपूर्ण पक्ष भनेको उम्मेदवारको दृष्टिकोण हो जुन अत्यन्त सकारात्मक हुनु जरूरी छ । उम्मेदवारको दृष्टिकोण समग्र परीक्षा प्रणाली र आफ्नो प्रस्तुती प्रति अत्यन्त सकारात्मक भावको साथै आत्मविश्वासी हुनु जरूरी छ ।

मुख्यत तयारी गर्दा निम्न चारवटा पक्षहरूको सन्तुलन अति आवश्यक हुन्छः

विषयवस्तुको ज्ञानः पहिलो कुराः माथि भनिए जस्तै विषयवस्तुको ज्ञान हुनुपर्दछ । विषयवस्तुको चुरो ज्ञान लिनुपर्दछ । यसको लागि सन्दर्भ पुस्तकहरू, गाइडहरू भन्दा पनि पाठ्यपुस्तकहरूवाट लिनुपर्दछ । विषयवस्तुमा पनि भनेको के हो ? त्यो विषयको ठ्याक्कै अर्थ के हो ? त्यसको सामान्य उदगम वा भनौँ अवधारणा के हो ? त्यो विषयवस्तुका बारेमा हाल मुलुकमा र अन्तर्राष्ट्रियमा के अवस्था छ ? अभ्यास के छ? त्यस विषयमा हामिले के व्यवस्था गरेका छौँ ? कस्ता प्रावधानहरू, प्रयासहरू भएका छन् ? अब के गर्नुपर्ने छ ? अबको दिशा के हो ? यस्ता विषयमा सटीक तर स्पष्ट ज्ञान हुनुपर्दछ ।
प्रस्तुतीकरण शैलीरसीपः आर्जित ज्ञानलाई कलम र कपीको माध्यमबाट उत्तरपुस्तिका परिक्षण गर्नेसम्म पुर्याउने नै वास्तवमा हाम्रो प्रस्तुतीकरण शैली वा सीप हो । ज्ञान अथाह छ तर प्रस्तुतीकरणमा त्यो ज्ञान झल्किएन भने उल्टोपाल्टो पर्न सक्दछ । मैले देखे जाने बुझेसम्म अत्यन्त दिग्गज उम्मेदवारहरू प्रतिस्पर्धात्मक परीक्षामा असफल हुनका पछाडि यही सीपको कमीले हो । यो शैली भित्र पनि मुख्य दुई वटा क्षमताहरू पर्दछन् ।
पहिलो कुरा, प्रश्नलाई बुझ्ने । प्रश्नलाई मिहिन तरिकाले होसपूर्वक पढ्ने अध्ययन गर्ने र त्यसले मागेका कुराहरू थाहा पाउने । प्रश्नले अपेक्षा गरेको विषय बुझिएन भने हामीले लेखेको कुराले मात्र प्रश्नलाई सन्तुष्ट पार्न सकिँदैन । मैले धेरै विद्यार्थीहरू प्रश्नलाई दोहोराएर तेहेर्‍याएर पढ्ने गरेको पाएको छैन । प्रश्नलाई देख्ने बित्तिकै “ए, अँ ” भनेर शिकारीले शिकार देखे जस्तो गरेर झम्टिहाल्ने प्रवृत्ति अधिकांशमा पाइन्छ । लेख्दै जाँदा प्रश्नमा डोरिँदै प्रश्नलाई हेर्दै लेख्नुपर्नेमा एक सपाट सरासर लेख्ने र कसैले अन्तिममा हेरेर “ए‘.., अँ‘…” भनेर झस्किने र कोहीकोही त बाहिर निस्किइसकेपछि प्रश्न देखेर छक्क पर्ने पनि देखेको छु । मैले एउटा परीक्षा सकिएर बाहिर निस्किए पछि एकजनालाई “व्यवस्थापकिय लेखा भनेको के हो ? व्यवस्थापकीय लेखापरीक्षण किन गर्नुपरेको हो ?” भन्ने प्रश्नमा दोश्रो खण्डको के उत्तर लेख्नु भो भनेर सोधेको थिएँ, उहाँले लेखापरीक्षण भन्ने नै देख्नुभएन छ । व्यवस्थापकीय लेखा किन गर्नुपरेको हो ? भन्नेको जवाफ लेख्नुभएछ , लेख्नुमात्रै भएन छ कि उहाँले मलाई पनि प्रश्नमा त्यो सोधेकै छैन भनेर हप्काउनु पनि भएको थियो । यस्ता सयौँ उदाहरण छन् हामी वरपर । तसर्थ प्रश्नलाई होसपूर्वक अध्ययन गरेर मात्र लेख्न थाल्नु पर्दछ । प्रश्नलाई स्पष्टतवरले बुझ्नका लागि त्यसलाई आवश्यकतानुसारका खण्डहरूमा विभाजित गरेर पनि हेर्नुपर्दछ ।

दोश्रो कुरा, प्रश्नको सहि उत्तर लेख्ने हो । जानेको भन्दा मागेको कुरा लेख्ने हो । अधिकाँश परीक्षार्थीहरूले प्रश्न देख्ने वित्तिकै “ए यो त फलानो प्रतिवेदनवाट आएछ, फलानो लेक्चर क्लासमा पढाएको थियो, फलानो टिममा बसेर काम गर्दाको कुरा मलाई थाहा छ ” भनेर झम्टेर लेख्ने गरेको पाइन्छ । प्रश्नमा उदाहरणको लागि संस्थान सुधारका बारेमा तपाईले जानेको कुरा लेख्नुस भनेर आएको हुँदैन तर परीक्षार्थीले त्यो भावले त्यो वुझाईले उत्तर लेख्दछ जसले गर्दा प्रश्नको पुरा हल नै हुँदैन । प्रश्नमा विभिन्न शव्दहरू हुन्छन, महत्वपूर्ण शव्दहरू हुन्छन तर तिनलाई ख्याल नगरी उत्तर लेखिदिँदा त्यसले प्रश्नको तौल बोक्दैन । परिवर्तित सन्दर्भमा भन्ने खालका शव्द हुन्छन प्रश्नमा तर परीक्षार्थीले त्यो सन्दर्भ कुन मिति वा समयवाट परिवर्तन भएको हो वा कुन सन्दर्भलाई भन्न खोजेको हो भन्ने नै यकिन नगरी लेख्न थाल्दछन र उत्तर अपूर्ण हुन जान्छ । तसर्थ,प्रश्नलाई दोहोराई तेहेराई पढने, आवश्यक खण्डहरूलाई छुट्याई टुक्राउने, प्रत्येक खण्डको उपशिर्षक लेख्ने र सम्पूर्णतामा अन्त्य गर्ने गरी एउटा पूर्ण उत्तर तयार गर्नुपर्दछ ।

समय व्यवस्थापनः परीक्षा भनेको विषयवस्तु र सोको प्रस्तुतीकरणको मात्र नभएर समयको परीक्षा पनि हो । सबै प्रश्नहरूले समान अङ्क धारण गरेको अवस्थामा सबै प्रश्नहरूलाई समान समय दिन नसक्दा सबै प्रश्नहरूले पनि समानरूपले प्रशिक्षार्थीलाई न्याय गर्दैनन् तसर्थ अङ्कभारको आधारमा समय व्यवस्थापन गर्नु अत्यन्त आवश्यक हुन्छ । १०० पूर्णाङ्कको ३ घण्टा समय भएको परीक्षामा प्रत्येक ५ अङ्कका लागि ९ मिनेटको हिसाबले समय बाँडफाँड गरी सोहीबमोजिम प्रस्तुतीकरण गर्नुपर्दछ । प्रश्न भित्रका खण्डहरूको समेत कहिलेकाहीँ समय बाँडफाँड गर्नुपर्ने भएकोले समयको विभाजन अत्यन्त संवेदनशील विषय हो तर यस्तो संवेदनशील विषयमा पनि प्रशिक्षार्थीहरू सजग नभएका, घडी नबोकी जाने, कुन प्रश्नलाई कति समय दिने हो भन्ने पूर्वयकिन नगर्ने र लेख्दै जाँदा लाग्ने समयलाई नै समय विभाजन मान्ने गरेका कारण अधिकांश उम्मेदवारहरू विषयमा विद्वान भएर पनि परीक्षामा असफल भइरहेका हुन्छन । मेरो विचारमा, विषयवस्तुको शतप्रतिशत ज्ञान नभएर पनि कतिपय उम्मेदवारहरू परीक्षामा सफल हुन सक्दछन् तर उचित तवरले समयको बाँडफाँड र उपयोग गर्न सकेन भने चैं कुनैपनि परीक्षार्थी प्रतिष्पर्धाको परीक्षामा असफल हुने पक्का छ ।
आत्मविश्वासः परीक्षार्थीको आत्मविश्वास जति बलियो हुन्छ त्यति उसको परीक्षा सप्रेर जान्छ । सकारात्मक भाव, आशावादी र आत्मविश्वासी परीक्षार्थीहरू नै सफल भएका पाइन्छन् । “मैले पढेको छैन,मलाई खासै आउँदैन, मेरा अक्षर नराम्रा छन्, यतिधेरै जाँच दिने छन् म के पास हुँला र” भन्ने जस्ता निराशाजनक चिन्तन मननले सफलता हात पर्दैन । तर कहिलेकाहीँ कम मिहिनेत तर बढी आत्मविश्वासी हुँदा चैं उमेदवारहरूमा असफलता हात परेको देखिन्छ त्यसैले पर्याप्त मिहिनेत र सोही बमोजिमको आत्मविश्वासले सफलता प्राप्त हुन्छ ।

  • August 17, 2021 प्रकाशित
  • सम्बन्धित