२०८१ चैत्र ८ गते शुक्रबार १०:१८

नृत्य प्रशिक्षक कोइराला सम्मानित

१३६१० पटक पढिएको

Advertisement 1

काठमाडौं । नृत्य प्रशिक्षक केशव कोइराला सम्मानित भएका छन् ।

काठमाडौंको नयाँबस्तीस्थित रहेको टाइमलाइन विद्यालयका नृत्य प्रशिक्षक कोइरालालाई अभिभावक दिवस २०८१ को अवसरमा शनिबार सम्मान गरिएको हो ।

Advertisement 2

विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा नृत्य प्रशिक्षक कोइरालालाई टाइमलाइन विद्यालयका अध्यक्ष नवराज रिजालले नगदसहित सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

टाइमलाईनमा दशक सेवा गरेबापत् कोइरालालाई ‘दशक सेवा सम्मान २०८१’ गरिएको हो । कोइरालालाई सम्मान गर्दै अध्यक्ष रिजालले आगामी दिनमा पनि रचनात्मक भूमिकाको अपेक्षा गरे ।

Advertisement 3

सम्मान ग्रहणपश्चात् कोइरालाले विद्यालयले आफूलाई सम्मान गरिएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘दशकौँ वर्ष विद्यालयमा रहेर सेवा गरेको आजै जस्तो लागिरहेको छ । यो कार्यले अझ मलाई अघि बढ्ने हौसला मिलेको छ । विद्यालय परिवार र समग्र शिक्षक वर्गप्रति कृतज्ञता प्रकट गर्दछु ।’

विद्यालयमा रहेर दश वर्ष सेवा गरेबापत् नृत्य प्रशिक्षक कोइरालासहित ९ जनालाई नगदसहित सम्मान गरिएको थियो ।

नृत्य प्रशिक्षक कोइराला सम्मानित

एआइजीपी टेक तामाङ : जो साहित्यमा अविरल बग्न चाहन्छन्

अमेरिकाबाट फर्काइएकालाई सोधपुछपछि परिवारको जिम्मा