Advertisement 1
काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छिन् ।
शुक्रबार जिल्ला अदालत काठमाडौंमा मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर उनले मुद्धा दायर गरेकी हुन् ।
Advertisement 2
गत ५ वैशाखमा एलिनाले अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । एलिना बिहेपश्चात् केही समय पतिसँग अस्ट्रेलिया गएर नेपाल फर्केकी थिइन् । नेपाल फर्केपछि उनीहरुबीच सम्बन्धमा दरार पैदा भएको थियो ।
एलिनाले सम्बन्धबिच्छेद मुद्दामा पति सापकोटाले आफूमाथि अनेकथरी शंका उपशंका गरेको, काममा बाधा दिएको, चरित्रमाथि शंका गरेको आरोप लगाएकी छिन् ।