२०८१ चैत्र ८ गते शुक्रबार १०:१९

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

४५७५ पटक पढिएको

नवलपरासी । बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ ।

Advertisement 1

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् ।

हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । आज विहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उहाँले बताउनुभयो । बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहरले बताउनुभयो ।

नृत्य प्रशिक्षक कोइराला सम्मानित

एआइजीपी टेक तामाङ : जो साहित्यमा अविरल बग्न चाहन्छन्

अमेरिकाबाट फर्काइएकालाई सोधपुछपछि परिवारको जिम्मा